रसुवा बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा २५ लाख रुपैयाँ सहयोग

अर्थकागज
प्रकाशित: १५ भदौ २०८३
Image description

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

हालै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाको आवश्यकता देखिएको छ ।

विपद्को यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो ।

चेक हस्तान्तरणका क्रममा कन्टिनेन्टल ट्रेडिङका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु तथा राहत र उद्धार कार्यमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीले जनाएको छ ।

'विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ,' कम्पनीका प्रतिनिधिले भने।

कम्पनीले आफ्नो सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता तथा आफ्नो क्षमता र सामथ्र्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर