सानिगाड हाइड्रोको IPO सोमबार बाँडफाँड हुने, कति बजे ?

अर्थकागज
प्रकाशित: ३० जेठ २०८३
Image description

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओ भोली अर्थात सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको अनुसार विहान १० बजे क्यापिटलको कार्यलयमा आईपीओ बाँडफाँड हुनेछ । 

कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। 


प्रतिक्रियाहरू

सम्बन्धित खबर