सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: १७ पुस २०८२
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी साधारणसभाले अध्यक्ष पाण्डेको मन्तव्य सहित सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि उक्त साधारणसभाले टुङ्गो लगाएको छ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारणसभा सभामा जानकारी गराउने र सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधाको सम्बन्धको प्रस्ताव पनि सभाले पारित गरेको छ।

गत आर्थिक वर्षमा सिटिजन लाइफबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न शीर्षकमा भएका खर्चहरू पनि साधारणसभाले अनुमोदन गरेको छ । सभामा सेयरधनीहरु बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर