हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत लाभांश घोषणा
प्रकाशित:
१२ पुस २०८२
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ११ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । यस अन्तर्गत कम्पनीले कुल २० करोड १२ हजार ५९२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी ३२औँ वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares