Garima Road Race 2083 सम्पन्न

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८३
Image description

काठमाडौं । 'स्वस्थ जीवनशैलीका लागि खेलकुुद' भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा यहि मिति २०८३ मंसिर ७ गते, सोमबार पर्ने २०औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८३ साल मंसिर ५ गते शनिबार आयोजित Garima Road Race 2083  सफलतापूर्वक सम्पन्न भएको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको Garima Road Race प्रतियोगिताको तेस्रो संस्करणमा खुला र कर्पोरेट गरी कुल २ विधामा महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो । साथै, कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी पुगी पूनः बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

कुल १,४०० भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा पुरुष तर्फ १० कि.मी.को दुरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै श्री तिर्थ कुमार पुन र महिला तर्फ १० कि.मी.को दुरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै श्री राज्य रावलले प्रथम स्थान हासिल गर्नुभयो । साथै, कर्पोरेट विधामा पुरुष तर्फ ५ कि.मी.को दुरी १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै श्री इश्वर बुढाथोकी र महिला तर्फ ५ कि.मी.को दुरी २६ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै श्री दिव्या विष्टले प्रथम स्थान हासिल गर्नुभयो । 

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फको १० कि.मी. विधामा क्रमशः रु.५०,०००/–, रु.३५,०००/–, रु.२०,०००/–, रु.१५,०००/– र रु.१०,०००/– नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको

थियो । साथै, कर्पोरेट तर्फ ५ कि.मि. विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.३०,०००/–, रु.२०,०००/–, रु.१५,०००/–, रु.१०,०००/– र रु.५,०००/– नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्यहरु, पूर्व सञ्चालकहरु, शेयरधनी महानुभावहरु, विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका प्रतिनिधिहरु, पत्रकारहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

साथै, मिति २०८३ मंसीर ७ गते, सोमबार विकास बैंकले २०औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत रक्तदान कार्यक्रम साथै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर