अर्घाखाँची सिमेन्टद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

अर्थकागज
प्रकाशित: १४ भदौ २०८३
Image description

काठमाडौँ । भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड ११ लाख सहयोग गरेको छ । कम्पनीले बाढी प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैविकप्रकोप उद्दार कोषमा १ करोड ११ लाख सहयोग उपलब्ध गराएको हो ।

कम्पनीको तर्फबाट अध्यक्ष पशुपति मुरारकाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले विपद्को यस कठिन समयमा पीडित नागरिकहरूको साथमा उभिनु आफूहरुको सामाजिक दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको र यस सहयोगले प्रभावित परिवारहरूको पीडामा केही भए पनि राहत पुर्‍याउन सकोस् भन्ने हाम्रो विश्वास लिइएको बताएका छन् ।

उनका अनुसार उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आगामी दिनमा पनि अर्घाखाँची सिमेन्ट परिवारले सक्दो सहयोग निरन्तर गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर