सिटिजन लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग, अर्थमन्त्री वाग्लेलाई चेकमार्फत हस्तान्तरण

अर्थकागज
प्रकाशित: १५ भदौ २०८३
Image description

काठमाडौं ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राकृतिक विपद्बाट पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदिप जंग पाण्डे , प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेल लगायतको टोलीले सोही रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

कम्पनीले हालै गएको बाढी, पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार र राहत कार्यमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरेको जनाएको छ।

विपद्को यस घडीमा कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) लाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय स्तरको विपद् व्यवस्थापनमा हातेमालो गरिएको कम्पनीले बताएको छ। यस किसिमको सहयोगबाट पीडित परिवारलाई राहत वितरण तथा पुनर्स्थापनाको काममा थप टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर