सेयरधनीलाई लाभांश छन्, अपर हेंवाखोल हाईड्रोपावरमा तलव/भत्तामा लुटतन्त्र !
काठमाडौं । अपर हेंवाखोल हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन । सेयरधनीलाई लाभांश नदिएर निराश बनाएको यस कम्पनीले संचालक र उच्च व्यवस्थापनले यस आर्थिक वर्षमा तलव भत्ताको नाममा लाखौंलाख रुपैयाँ बुझेका छन् । लाभांश दिन नसक्ने कम्पनीको प्रबन्धक निर्देशकले तलव भत्ता बापत २० लाख ४५ लाख ३ सय रुपैयाँ बुझेका छन् । कम्पनीको प्रबन्धक निर्देशकमा देदराज खड्का रहेका छन् । त्यसै गरी कम्पनी अध्यक्ष पवित्रा कार्कीले भत्ता १ लाख ९० हजार रुपैयाँ बुझेकि छन् । त्यसै गरी स्वतन्त्र संचालक मणिराज दाहालले ३ लाख ७० हजार ५ सय रुपैयाँ, संचालक प्रकाश पौडलेले १ लाख ७० हजार रुपैयाँ बुझेका छन् । संचालकहरुले बैठक नगरी भत्ता मात्रै पनि बुँदै आएको कर्मचारीहरु बताउँछन् । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार अहिले अधिकांश संचालकहरु परिवर्तन भैसकेका छन् । संचालक समितिको सदस्यबाट समय अवधि सकिनु भन्दा पहिले नै राजिनामा दिएका छन् । असार २६ गते अर्थात बुधबार हुने साधारणसभाबाट सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिको लागि संचालन निर्वाचन गर्ने भएको छ । कम्पनीको संचालक समितिले आफ्नो अनुकुलको मान्छे स्वतन्त्र संचालकमा नियुक्त गरी फाइदा लिदै आएको देखिन्छ । कम्पनीको विशेष प्रस्तावमा संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकको नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव अघि सारेको छ ।
कम्पनीको संचालक र व्यवस्थापनले खर्च आफुखुसी खर्च गरेको बार्षिक प्रतिवेदनबाट प्रष्ट देखिन्छ ।
कसले तलव भत्ता कति बुझे ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares