बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यि लिंकबाट हेर्नुहोस् नतिजा

अर्थकागज
प्रकाशित: ०४ असोज २०८३
Image description

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २३ लाख ५१ हजार ५ सय ६० जनाले आवेदन दिएका थिए । जस मध्ये २३ लाख ५ हजार २ सय ३३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८६ हजार ३ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

 आईपीओ बाँडफाँड गोलाप्रथा विधीबाट गरिएको थियो । आईपीओको लक्की नतिजा २ रहेको छ ।

यि साइटबाट रिजल्ट हेर्नुहास्

https://iporesult.cdsc.com.np/

https://www.nmbcl.com.np/ipo

https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रियाहरू

सम्बन्धित खबर