ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा
प्रकाशित:
१२ असोज २०८३
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.५० प्रतिशत नगद लाभांश गरि कुल ९.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares