एक रातमा कसरी बढ्यो पोखरा फाइनान्सको २० करोड ?

अर्थकागज
प्रकाशित: २६ माघ २०८२
Image description

काठमाडौं । पोखरा फाइनान्सले वित्तीय विवरण प्रकाशन गर्दा गम्भीर लापरवाही गरी सेयरधनीको अर्बाै रुपैया जोखिममा पारेको छ । साधारण सभाबाट पारित नै नभएको मर्जर प्रस्ताव पारित भयो भनेर माइन्युट नेप्सेमा पठाएको पोखरा फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण प्रकाशन गर्दा गम्भीर कार्य गरेको पत्ता लागेको छ ।

पोखरा फाइनान्सले २०८२ माघ १५ गते पौष मसान्तको वित्तीय विवरण प्रकाशन गर्यो । जसमा मुनाफा दुई करोड ९५ लाख थियो भने निष्कृय कर्जा अनुपात ३२.७७ प्रतिशत र पुँजीकोष अनुपात १.६७ प्रतिशतले ऋणात्मक थियो ।

तर एकाएक पौष १६ गते अघिल्लो दिनको वित्तीय विवरणमा गल्ती भएको भनी नयाँ पत्रिकामा पुन वित्तीय विवरण प्रकाशन गर्यो जसमा मुनाफा २३ करोड ३८ लाख, निष्कृय कर्जा अनुपात २५.१० र पुँजी पर्याप्तता अनुपात ६.७१ प्रतिशत रहेको भनी प्रकाशन गर्यो र सोही प्रतिवेदन नेप्सेमा पनि पठायो । तर नेप्सेमा विवरण पठाउँदा सिइओ प्रकाश गुरुङले हस्ताक्षर गरेनन् किनभने विवरण किर्ते भएको उनलाई थाहा थियो र यस्तै प्रकारको काण्डमा पहिलाको सिइओलाई ५ लाख जरिवाना भएको विषयमा उनी जानकार नै थिए ।


वित्तीय विवरण कुन सही हो भनेर अध्ययन गरिँदा १५ गतेकै वित्तीय विवरण सही भएको पत्ता लागेको छ । मासिक रुपमा पुँजीकोषको प्रतिवेदन नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्नेमा फाइनान्सको सञ्चालक समितिले २०८२ पौष मसान्तको मासिक पुँजीकोष १.६७ प्रतिशतले ऋणात्मक रहेको भनी प्रतिवेदन माघ ७ गते राष्ट्र बैंकमा पेश गरेको पनि पत्ता लागेको छ ।

ऋणात्मक पुँजीकोषले मर्जर कार्यलाई प्रभाव पार्ने भएकोले सञ्चालक तथा सिइओको प्रभाव दबाबमा नक्कली वित्तीय विवरण प्रकाशन गरेको पत्ता लागेको छ । एक रातमै २० करोड रुपैया नाफा बढेको प्रतिवेदन प्रकाशन गरेर शेयरधनी एवं नियमनकारी निकायलाई उल्लु बनाउने सञ्चालक समिति एवं व्यवस्थापनलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने सेयरधनीहरुले माग गरेका छन् । 

यो पनि 

-पोखरा फाइनान्सको साधारणसभाबाट मर्जरको प्रस्ताव फेल, अब समृद्धि फाइनान्ससँग मर्जर नहुने

-पोखरा फाइनान्सको AGM मा लफडा, मर्जरलगायतको कुनै प्रस्ताव पारित नगरी सभा सम्पन्न (भिडियो)

-साधारणसभामा संचालकले पेलेपछि सेयरधनीहरुको चर्काे विरोध !


प्रतिक्रियाहरू

सम्बन्धित खबर