सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८३
Image description

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सयले घटेर दुई लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७ सयमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार चाँदी ३७०० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर