सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने
प्रकाशित:
२४ मंसिर २०८०
काठमाडौं । नेपाल धितोपत्र बार्डले सूचीकृत कम्पनीहरुले ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्देशन दिएको छ । धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो ।
सार्वजनिक रुपमा जारी भएको सूचना धितोपत्र बोर्ड, नेप्से र सीडीएसलाई पनि उपलब्ध गराउनु पर्ने निर्देशनमा उल्लेख छ । उक्त सूचना नेप्से, सीडीएस र लक इन अवधि सकिएको जानकारी गराउने कम्पनीले लक इन अवधि सकिएपछि एक सातासम्म वेवसाइटमा राख्नु पर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares