एभरेष्ट बैंकमा प्रतिमा श्रेष्ठको सर्वाधिक सेयर स्वामित्व, यस्तो छ संस्थापक र सर्वसाधारण समूहका मुख्य सेयरधनीको विवरण
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडमा सवै भन्दा धेरै सेयर स्वामित्व प्रतिमा श्रेष्ठ रहेको छ । उनको नाममा कुल ३ करोड २८ लाख ६९ हजार ९८९ कित्ता सेयर रहेको छ । जुन कुल सेयरको २३.९६ प्रतिशत हो। त्यसै गरी होटल स्नोलायन प्रा. लि.को १ करोड २७ लाख ६७ हजार ४३१ कित्ता अर्थात ९.३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
संस्थापक सेयरधनीहरूको विवरण (Domestic Promoter Shareholders):
१. प्रतिमा श्रेष्ठ: ३,२८,६९,९८९ कित्ता (२३.९६%)
२. रवि कृष्ण श्रेष्ठ: २५,८१,३३६ कित्ता (१.८८%)
३. किरण कृष्ण श्रेष्ठ: २५,८१,३३५ कित्ता (१.८८%)
४. शान्त देव पाठक: १६,१३,६१६ कित्ता (१.१८%)
५. अरुण मान शेरचन: १२,९६,८०१ कित्ता (०.९५%)
६. होटल स्नोलायन प्रा. लि.: १,२७,६७,४३१ कित्ता (९.३०%)
यसैगरी, कुल ४०.८३ प्रतिशत सर्वसाधारण सेयरमध्ये ०.५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व बोकेका मुख्य सर्वसाधारण सेयरधनीहरूको सूचीमा शान्त देव पाठक अग्रस्थानमा रहेका छन्। उनको नाममा ५२ लाख २६ हजार ६८० कित्ता (३.८१%) सेयर रहेको छ।
०.५०% वा सोभन्दा बढी सेयर रहेका सर्वसाधारण सेयरधनीहरू (Public Shareholders):
१. शान्त देव पाठक: ५२,२६,६८० कित्ता (३.८१%)
२. अरुण मान शेरचन: ३०,८९,४३७ कित्ता (२.२५%)
३. रवि कृष्ण श्रेष्ठ: ११,७०,१३१ कित्ता (०.८५%)
४. किरण कृष्ण श्रेष्ठ: ११,७०,१३१ कित्ता (०.८५%)
५. आनन्द रत्न तुलाधर: १०,३६,७२२ कित्ता (०.७६%)
६. भाटभटेनी इन्भेष्टमेन्ट कम्पनी प्रा. लि.: १२,०४,७४७ कित्ता (०.८८%)
७. श्रीवृद्धि होल्डिङ कम्पनी प्रा. लि.: ८,९८,७०९ कित्ता (०.६५%)
बैंकको बार्षिक प्रतिवेदेन अनुसार केही प्रमुख व्यक्तिहरू ९जस्तै शान्त देव पाठक, अरुण मान शेरचन, रवि कृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठ० को संस्थापक र सर्वसाधारण दुवै समूहमा उल्लेखनीय सेयर स्वामित्व रहेको देखिन्छ।
Shares