सानिगाड हाइड्रोको IPO बाँडफाँड, यि लिंकबाट नतिजा हेर्नुहोस्

अर्थकागज
प्रकाशित: ३१ जेठ २०८३
Image description

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज गोला प्रथाबाट आईपीओ बाँडफाँड गरेको हो । 

कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ५९ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये २७ लाख २७ हजार ५ सय १५ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

आईपीओ हेर्नेको लागि लिंकहरु  

https://mer.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np

https://lscapital.com.np/ipo


प्रतिक्रियाहरू

सम्बन्धित खबर