गुराँस लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
प्रकाशित:
०१ असोज २०८३
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीमा वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares