लैङ्ंगिक हिंसा अन्त्यकालागि विद्यमान कानुन पर्याप्त छैन- उप सभामुख दनुवार

माधव पोखरेल
प्रकाशित: २४ मंसिर २०८०
Image description

उदयपुर । कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले वर्तमान अवस्थामा लैंङ्गिक हिंसा अन्त्य गर्न कानुन पर्याप्त नरहेको बताउनु भएको छ ।

आइतबार उदयपुरको गाईघाट स्थित राजावासको महिला पुनः स्थापना केन्द्र ओरेकमा ३२ औं अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान २०२३को समापनका एक कार्यक्रममा बोल्दै उप सभामुख दनुवारले हिंसकाका कारण धेरै महिला बालबालिका पीडित भएको तर कतिपय कुरामा कानुन बाझिएको र कतिपय कुरामा कानुनी जटिलता समेत रहेकोले हिंसा अन्त्यकालागि संघर्ष गर्नु परेको बताउनु भयो ।

कानुन छ तर फितालो छ कार्यान्वयन पक्ष कमजोर छ । महिला हिंसा अन्त्यकालागि भएको प्रयास उपलब्धिपूर्ण बनाउन कानुनी जटिलताको अन्त्य हुनु पर्ने बताउदै उप सभामुख दनुवारले हिंसा न्युनिकरणमा सबैको साथ सहयोग आवश्यक भएको कुरामा जोड दिनु भयो ।

महिला पुनः स्थापना केन्द्र (ओरेक) की नव निर्वाचित अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष पोखरेलले हिंसा आफैँमा राम्रो कुरा होइन र मानवीय संवेदनशीलता नदेखिने यस्ता हिंसात्मक कुराले समाजलाई गाँजेको हुँदा सूचना नपाउँदा धेरै हिंसात्मक घटना बाहिर आउन नपाउने भएकोले हिंसा निराकरणमा समस्या भएको बताउनु भयो ।

स्थानीय तह प्रदेश सरकार र संघीय सरकारले पनि यस्ता विषयमा ध्यान नीति निर्माण तथा कानुन बनाएर हिंसा अन्त्यकालागि पालिकाभित्रका वडा वडाबाट जनप्रतिनिधि जागरुक भएर लाग्नु पर्ने बताउनु भयो ।

ओरेक उदयपुरकी बालिका कार्कीको संचालनमा भएको सो कार्यक्रममा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, माधव पोखरेल उर्मिला दनुवार, बन्दना दनुवार तथा अधिकार कर्मीहरु माया भण्डारी, माधव प्रकाश पराजुली लगायतका वकताहरले महिला हिंसा अन्त्य गर्ने विषयमा आ आफ्नो धारण राखेको थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर