उदयपुरकाे गाईघाटमा आगलागी
उदयपुर। उदयपुरकाे त्रियुगा नगरपालिका ११ स्थित गाईचाट बजारमा रहेकाे एक माेटर साईकल ग्यारेजमा आईतबार साझ साढे सात बजे आगलागि भएकाे छ ।
बजारबाट त्रियुगा बसपार्क जानेबाटनेमा रहेकाे राजकुमार ठाकुर द्वारा संचालित राज माेटर साइकल मर्मत केन्द्र र महालक्ष्मी माेटर साइकल ग्यारेजमा साझ साढे सात बजे साे आगलागिबाट पसलमा रहेका सम्पुर्ण सामान मर्मतका लागि राखेकाे माेटर साईकल तथा बिक्रीकालागि राखिएकाे अन्य सामान समेत जलेर नष्ट भयकाे छ ।
साे आगलागिबाट वरपरका अन्य पाँच वटा पसल समेत जलेकाे छ भने जेसिबिले पसलकाे काेठा भत्काएर त्रियुगा नपाकाे दमकलले आगाे निभाएकाे थियाे । अहिले आगाे नियन्रणामा आएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
साे आगलागिबाट सबै पसलकाे गरेर करीब २ कराेड ७० लाखका काे क्षती भयकाे अनुमान गरिएकाे नगर प्रहरी गाईघाटले जनाएकाे छ । सबैभन्दा वढी माेटर साइकल ग्यारेजकाे करीब १कराेड ७० लाख बढीकाे क्षति भएकाे अनुमान गरिएकाे छ।
राज अटाे सेन्टरबाट विद्युत सर्ट भै साे आगलागि भएकाे र जम्मा १० वटामा पसलमा क्षती भएकाेमा पाँच वटा पसल पूर्ण र ५वटामा आंसिक क्षती भएकाे गाईघाट स्थित नगर प्रहरी कार्यालयले जनाएकाे छ ।
साे आगलागिबाट राजकुमार ठाकुरकाे माेटर साईकल ग्यारेज राज अटाे सेन्टर र महालक्ष्मी माेटरसाईकल रिपेयरिङ सेन्टर, भगत झाकाे पंडित पान तथा जेनरल स्टार्स, कमलेस साहकाे किरन हाेटल, साेमन विश्वकर्माकाे चाँदनी साइकल मर्मत सेन्टर, बद्रीनाथ लुइटेलकाे इजिकुल इन्जिनियरिङ सेन्टरमा पूर्ण क्षती भएकाे छ ।
Shares