प्रभु इन्स्योरेन्सको नाफा ६ करोड ६८ लाख पुग्यो, अधिकांश सूचकमा चमक

अर्थकागज
प्रकाशित: ३० कात्तिक २०८३
Image description

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार उक्त नाफा कमाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.८० प्रतिशतले बढाउन सफल भएको देखिन्छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकसम्ममा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासिकमा २४ करोड ३३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २५.०८ प्रतिशतले वृद्धि गर्दै ३० करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद आर्जित बीमाशुल्क आम्दानीमा अझ राम्रो वृद्धि देखिएको छ । गत वर्षको असोज मसान्तसम्म १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ४७.२५ प्रतिशत बढी हो ।

को छ । गत आर्थिक वर्षको असोज मसान्तमा ७ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ८ अर्ब १० करोड ८४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । यो गत आवमा १४ रुपैयाँ ८५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर