त्रिशुलीको आजको बाढीले धादिङको चिरौदीमा चार घर बगायो
प्रकाशित:
१३ भदौ २०८३
धादिङ । त्रिशुली नदीमा आज आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ ।
स्थानीयका अनुसार आइतबार आएको बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो । घर बगाए पनि घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।
प्रशासनले त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares