उद्धार र सहयोग लिएर एमालेका स्वयम् सेवी र नगरपालिकाका प्रतिनिधि जाजरकोट प्रस्थान

माधव पोखरेल
प्रकाशित: ०५ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरबाट जाजरकोटका भूकम्प पीडितकालागि स्वयम् सेवीको काम गर्न र सहयोग लिएर एक टोली जाजरकोट प्रस्थान गरेको छ ।

नेकपा एमाले उदयपुरको ५ जनाको स्वयम् सेवी टोली र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत सहितको टोली मंगलबार उद्धार कार्यमा सहयोग गर्न र राहतका सामान लिएर जाजरकोट प्रस्थान गरेको हो ।

नकपा एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले भुकम्प पिडितहरुलाई सहयोग गर्न, भत्किएका संरचनाको पुनः निर्माण लागि नेकपा एमाले उदयपुरको स्वयंसेवकलाई विशेष कार्यक्रमका साथ विदाई गरिएको हो । नेकपा एमाले उदयपुरको तर्फबाट जाजरकोट जानेहरुमा भुतपूर्व सैनिक तथा प्रहरी संगठन उदयपुरका सचिव कृष्ण राई र राष्ट्रिय युवा संघबाट राम अवतार राजधामी, धिरेन्द्र राजधामी, दिनेश चौधरी र राम कुमार राई रहेको एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनु भयो । जाजरकोट जाने स्वयंसेवकलाई पार्टी कार्यालयमा आईतबार एक समारोह विच विदाई गरिएको छ । पार्टी केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज अम्बिका थापा, जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, युवा संघका अध्यक्ष विमल भण्डारी लगायतले विदाई गरेका थिए । उदयपुरबाट खटिएका ५ जना स्वयंसेवकहरुले नेकपा एमाले कर्णाली प्रदेश कमिटी सँग समन्वय गरेर कम्तिमा १५ दिन काम गर्ने जनाईएको छ । स्वयंसेवकहरुले तत्काल राहत वितरण र पुनःनिर्माणको कार्यमा सहयोग गर्ने छन ।

यसैगरी त्रियुगा नगरपालिकाको एक टोली पनि भुकम्प पीढितकालागि आवश्यक राहत सामाग्री लिएर जाजरकोट गएको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको नेतृत्वमा गएको टोलीले जाजरकबोटका प्रमुख जिल्ला अधिकारीलाई भेटेर करीब ११ लाखको राहत सहयोग हस्तान्तरण गर्ने छ । त्रियुगा नगरपालिकाले केही दिन अघि जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षती प्रति दुख व्यक्त गर्दै पीडित परिवारकालागि राहत उपलब्ध गराउन सबैमा आव्हान गरेको थियो ।

मेयर बस्नेतले पीडित परिवारकालागि लता कपडा, खाध्यान्न तथा नगद सहयोग गर्ने उद्देश्यले सबैमा सहयोगकालागि अपिल गरेको थिए ।

बुधबार दिउसो सम्म जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई राहत सामाग्री हस्ताणतरण गरेर फर्कने योजना रहेको नगर प्रमुख बस्नेतले सोमबार साझ त्रियुगा नगरपालिकामा पत्रकारहरुसँग संक्षिप्त कुराकारी गर्दै यस्तो बताएका हुन । त्रियुगा नगरपालिकाले तीन लाख ८३ हजार पाँच सय किलो चामल, २८ हजार चार सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैया बराबरको २९० थान न्यानो कपडा, एक लाख एक हजार ६ सय बराबरको २०० थान ब्ल्याकेट, एक लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको चार थान ठूलो त्रिपाल, ५४ हजार बराबरको १२ सय थान सेनिटरी प्याड, एक लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि वितरण गरिने छ ।

राहात सामाग्रीको लागि त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको एक लाख बराबरको सहयोग र त्रियुगा मेडिकलले औषधिहरु उपलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ । यता ओरेक नेपालले १३ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट किशोरीहरुकोलागि जामा उपलब्ध गराएको छ । त्यसैगरी पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्रयाक सुट उपलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ । भुकम्प प्रभावित जिल्ला जारजरकोटमा पूर्वी नेपालदेखि राहात लिएर नगर प्रमुख बसन्तकुमार बस्नेतसंगै, उप प्रमुख महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा सहितको टोली त्यस तर्फ मंगलबार बिहानै प्रस्थान गरेको हो । रागत सामाग्री लिएर जानू पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख बस्नेतले प्रकोपले पु¥याएको सङ्कटका घडीमा भूकम्प पीडतका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन जान लागेको बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर