पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

अर्थकागज
प्रकाशित: २७ साउन २०८३
Image description

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन् ।

कोइरालाले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर