मोबाइल नेटवर्कमा मात्र होइन अब पर्यटन नेटवर्किङमा पनि काम गर्दैछ ‘एनसेल’

अर्थकागज
प्रकाशित: ०७ असोज २०८३
Image description

काठमाडौं । एनसेल भन्ने वित्तिकै झट्ट दिमागमा आइहाल्ने सम्झना हो, मोबाइल नेटवर्क । त्यसपछि आउने भनेको निजीक्षेत्रबाट सञ्चालित ठूलो बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदायक कम्पनी । 

तर, एनसेलको परिचय र विशेषता यतिमा मात्र सीमित छैन, देशको ठूलो राजस्वको योगदानकर्ता र हजारौंको रोजगार दाता । अझ यति मात्र होइन, पछिल्लो पटक एनसेलले आफ्नो परिचय र सेवाको दायरा थप विस्तार गर्दै पर्यटन प्रवद्र्धनको क्षेत्रसम्मै विस्तार गरिरहेको छ । 

नेपालको पर्यटन गतिविधिमा आर्थिक रुपमा विभिन्न तौर, तरिकाले साथ, सहयोग र योगदान गरिरहेको कम्पनीले हालै नेपालको पर्यटन क्षेत्रको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नेगरी पर्यटन नेटवर्किङमा काम सुरु गरेको छ ।

पर्यटन नेटवर्किङमा कम्पनीको सक्रियता

एनसेलले हालै नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग मिलेर पर्यटन सेवासँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार प्रसार गर्ने कार्यको सुरुवात गरेको छ । नाटोसँग सम्झौता गर्दै कम्पनीले नेपाल घुम्न आउने पर्यटकहरूलाई बसाइँ अवधिभर भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्ने भएको छ ।

 सम्झौतापत्रमा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । एनसेल नाटोको यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई आफ्नो यात्राभर आआफ्नो देशमा रहेका परिवारका सदस्य र साथीभाइ लगायतसँग सम्पर्कमा रहन सहज हुनेछ भने नाटोको संसारभर रहेका आफ्ना सदस्यहरूमार्फत पर्यटन नेटवर्क विस्तारमा थप सहयोग पुग्ने छ ।

सम्झौताअनुसार एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी (नेटवर्क) उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ ।

‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं’ एनसेलका बिजनेश अफिसर दत्ताले भने ।

यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दत्ताको भनाइ छ ।

सीएसआरमा कम्पनीको सहभागिता

यसका साथसाथै एनसेलले दूरसञ्चार सेवा व्यवसायसँगै आफ्नो समाजप्रतिको उत्तरदायित्व, सामाजिक कार्यमा समेत हातेमालो गर्दैआएको छ, जसअन्तर्गत कम्पनीले एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वास (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न समेत सहयोग गर्ने भएको छ । यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा काम अघि बढाउने एनसेलले जानकारी दिएको छ ।

यो पनि 

एनसेलका सीईओ माइकल प्याट्रिकको राजीनाले उठाएको प्रश्न-बहुराष्ट्रिय कम्पनी र लगानी कसरी संस्थागत गर्ने ?

हरेक विपद्‍मा एनसेलको सहायता : आर्थिकदेखि निःशुल्क भ्वाइस, डेटासम्म, कहिले-कहिले सहयोग गर्यो ?

हजारौँ रोजगारी र अर्बौ लगानकीको भविष्यसँग जोडिएको एनसेल लाइसेन्स प्रकरण : सन् २०२९ पछि के हुन्छ ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर