भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड !

अर्थकागज
प्रकाशित: ०४ मंसिर २०८०
Image description

काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको थियो ।

यस आईपीओमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ ।

यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर