सूर्योदय वोमी लघुवित्तको एफपीओ १४ लाख ४३ हजारबढी लगानीकर्ताको आवेदन, माग भन्दा ४५० गुण बढीको आवेदन

अर्थकागज
प्रकाशित: ०७ साउन २०८१
Image description

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदनको आईरो लागेको छ । साउन ४ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले साउन ८ गते अर्थात आज बैंकिङ समयपछि बन्द भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ४ बजेसम्म १४ लाख ४३ लाख ४४७ जना आवेदकबाट २ करोड १० लाख २८ लाख ७४० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ४५० गुणा बढीको आवेदन हो ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर