हिमालयन रिइन्स्योरेन्सको सीईओ पौडेल पक्राउ
प्रकाशित:
१० भदौ २०८३
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्। उनलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बबरमहलबाट पक्राउ गरेको हो । नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
बीमा ऐन, २०७९ को दफा १४० उपदफा ९१० को खण्ड ९छ० र ९झ० बमोजिमको कसुर सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कसुरमा संलग्न पाइएको जनाइएको छ । काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं ३ हाल रिईन्स्योरेन्सको सीईओ ३९ बर्षकी पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares