सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०१ मंसिर २०८३
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १५ प्रतिशत नगद लाभांश गरि कुल २१ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड रहेको छ।

कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २ गते साधारणसभा बोलाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर