त्रियुगा नगरपालिकाको निर्णय निजी क्षेत्रका स्कुलले नमान्ने

माधव पोखरेल
प्रकाशित: १६ वैशाख २०८१
Image description

उदयपुर । त्रियुगा नगरपालिकाले नगरमा संचालित सस्थागत विद्यालयलाई वर्गीकरणको आधारमा शुल्क निर्धारण गरेको छ । शुल्क निर्धारण समितिको बैशाख ११ मा बसेको बैठकले वर्गीकरण गरिएको विद्यालयलाई विद्यार्थीबाट तोकिएको शुल्क मात्र लिन पाउने ब्यबस्था गरेको छ । तर निजी विद्यालय संचालकहरुको संगठन प्याब्सन र एन प्याब्सनले नगरपालिकाको निर्णय नमान्ने भएका छन्

शुल्क निर्धारण गरेपछि सबै विद्यालयलाइ सोही बमोजिम शुल्क लिन नगरपालिकाले परिपत्र गरेको छ । बिद्यालयले यस अघि आफुखुशी विद्यार्थीबाट शुल्क उठाउने गरेको थियोे । शुल्कमा एकरुपता नभै मनपरि ढंगले आफुखुशी शुल्क उठाउने गरेको गुनासो आएपछि शिक्षा ऐनमा भएको ब्यबस्था अनुसार शुल्क निर्धारण गरिएको छ ।

त्रियुगा नगरपालिका शिक्षा शाखा प्रमुख शिवकुमारी राउतद्धारा जारी संस्थागत विद्यालयलाई पठाईएको परिपत्रमा संस्थागत विद्यालयहरुले शुल्क लिदाँ विद्यालयको वर्गिकरणको आधारमा यसै पत्र साथ संलग्न सूची बमोजिमको शुल्क मात्र लिन हुन भनिएको छ ।

परिपत्र अनुसार संस्थागत विद्यालयलाई क, ख, ग, र घ वर्गमा वर्गीकरण गरेर शुल्क तोकिएको उल्लेख छ । विद्यालयले स्वघोषणा गरेको मापदण्ड अनुसार नै विद्यालयको वर्ग निर्धारण हुने र स्वघोषणा अनुसार मापदण्ड पुगेन भने कावाही गरिने शिक्षा शाखाको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ ‘विद्यालय अनुगमन गर्दा विद्यालयहरुमा कक्षागत रुपमा हुनुपर्ने न्यूनतम विद्यार्थी सख्या, शिक्षक विद्यार्थी अनुपात, अनुमति पत्र सहितको शिक्षक, विषयगत शिक्षकहरु, नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक लगायत स्वघोषणा बमोजिमको वर्गमा रहनुपर्ने आवश्यक पूर्वाधारहरु हुनुपर्ने, अन्यथा वर्ग घटुवा,दर्ता खारेजी साथै प्रचलित ऐन नियमावली बमोजिम कारवाहि समेत हुने जानकारीका लागि अनुरोध छ ।’

अब सामुदायिक बिद्यालयले सोही बमोजिम मात्र शुल्क लिन पाउछन् । तोकिएको भन्दा बढी शुल्क लिएको पाईएमा लिने बिद्यालयलाई कार्वाही गरिने त्रियुगा नगरपालिकाको पत्रमा उल्लेख छ । भर्ना शुल्क, मासिक शुल्क, परिक्षा शुल्क र अन्य केही तोकिएरै शुल्क लिन पाउने र बिद्यालय तहगत शुल्क निर्धारण गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

त्रियुगा नगरपालिकाले शुल्क निर्धारण गरेर सबै विद्यालयलाई परिपत्र गरेपछि निजी विद्यालयहरुको संगठन प्याप्सनले विरोध जनाएको छ । बिहीबार लालीगुराँस बोडिङ स्कुलमा प्याप्सनको बैठक बसेर नगरप्रमुख पालिका बाहिर रहेकाले नगरपालिकामा फर्केपछि नगरप्रमुख सँग छलफल गर्ने र नगरपालिकाको निर्णय कार्यान्वन नगर्ने जानकारी गराउने तयारी गरेको प्याप्सन स्रोतले जनाएको छ ।

त्रियुगा नगरपालिकाभित्रका निजी षेत्रका विद्यालयहरुले अभिभावकको ढाँड सेकिने गरी शुल्क लिने तर सो अनुरुपको सेवा सुविधा नदिने, सामाजिक दायित्व नलिने, शैीषक गुणस्तर खस्कदै गएको, नेपाली विषयमा रिजल्ट अत्यन्त न्युन रुपमा आउने, नेपाली विषयका शिक्षकलाई प्रशिक्षणको व्यवस्था नगरेको, माध्यमिक तहमा छन्द, व्याकरण लगायतका लेखन सीप सम्बन्धी प्रशिक्षण दिनु पर्नेमा नदिएको, छात्रवृतिका व्यवस्था शिक्षा ऐन नियममा तोके अनुसार नदिएको लगायतका धेरै कमी कमजोरी गरेको अभिभावकहरुले औल्याएका छन् ।

अभिभावकहरुले निजी व्दिालयहरुले लुटतन्त्र मच्चाएको अवस्था छ । तर यस प्रति कसैले पनि आवाज नउठाएको हुँदा नगरपालिकाले तोकेको शुल्क पनि बढी भएको देखिन्छ । यसमा अझै बिचार गर्नु पर्ने बताएका छन् । ,


प्रतिक्रियाहरू

सम्बन्धित खबर