रघुजी पन्त शिक्षामन्त्री नियुक्त

अर्थकागज
प्रकाशित: ०९ वैशाख २०८२
Image description

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त नयाँ शिक्षामन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि एमालेबाटै शिक्षामन्त्री रहेकी विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रिक्त रहेको पदमा प्रधानमन्त्री ओलीले पन्तलाई अघि सारेका हुन् । नवनियुक्त शिक्षामन्त्री पन्तले भोली पद तथा गोपनीयताको शपथ लिनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर