स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

अर्थकागज
प्रकाशित: ०४ मंसिर २०८३
Image description

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले आज बिहान साढे ११ बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल आयोगको कार्यालयमा हुनेछ ।

छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तहसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।

२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यसअनुसार आगामी फागुन–चैतमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर