निफ्राको लाभांश घोषणा
प्रकाशित:
१४ भदौ २०८३
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश -कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares