‘ग्रिन फाइनान्सिङ’ प्रवर्द्धन गर्न एनएमबि र इसिमोडबीच सहकार्य

अर्थकागज
प्रकाशित: ०८ असोज २०८३
Image description

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालमा ग्रिन फाइनान्सिङ क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्यले यसो गरिएको हो ।

यस सहकार्य अन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिने छ । यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सकिने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आइरहेको छ । दुई निकायबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर