सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, ४ संचालक निर्वाचित
प्रकाशित:
०२ असार २०८३
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज असार ३ गते विशेष साधारणसभा सम्पन्न भएको हो।
विशेष साधारण सभाले बैंकको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनी अनिल कुमार ज्ञवाली र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनीहरु प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, र हिमादेवी खड्का के.सी. लाई संचालक निर्वाचित गरेको छ ।
यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार शेयर (Perpetual Non-Cumulative Preference Share ) जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares