टक्सार पिखुवा खोला हाइड्रोपावरको एमडिमा रुपेश तामाङ नियुक्त
प्रकाशित:
१९ कात्तिक २०८३
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा रुपेश तामाङ नियुक्त हुनु भएको छ ।
कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले तामाङलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । युवा उर्जा उद्येमी रुपेश तामाङको जलविद्युत क्षेत्रमा करिव १० वर्ष लामो अनुभव रहेको छ ।
टक्सार पिखुवा खोला हाइड्रोपावरको आयोजनाको सुरुवाती चरणदेखि नै आवद्ध रुपेश तामाङ कम्पनीको वित्तीय प्रमुख हुँदै अहिले प्रबन्ध निर्देशकमा नियुक्त हुनु भएको हो । उर्जा क्षेत्रमा रुपेश तामाङको नाम लाभलाग्दो रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares