दरमखोला हाइड्रो इनर्जीको आईपीओ बिहीबार बाँडफाँड, कहाँ र कति बजे ?

अर्थकागज
प्रकाशित: २८ साउन २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओ भोली अर्थात विहीबार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको अनुसार बिहीबार विहान १० बजे क्यापिटलको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँडको हुनेछ । आईपीओको प्रिअटमेन्ट आइतबार सम्पन्न भइसकेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीले साउन १५ गतेदखि साउन १९ गतेसम्म निष्काशन गरेको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर