सुनचाँदीको मुल्य बढ्यो

अर्थकागज
प्रकाशित: ०३ असोज २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २१ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ०३ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४७९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७७५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर