ललितपुर महानगरपालिका वडा नम्वर ४ द्वारा दलित तथा विपन्न नागरिकलाई सवारी चालक तालिम संचालन
प्रकाशित:
२१ जेठ २०८३
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्वर ४ ले दलित तथा विपन्न नागरिकहरुको लागि चार पाङ्ग्रे सवारी चालक तालिम संचालन गरेको छ । शुक्रबार वडा अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी चार पाङ्ग्रे सवारी चालक तालिम संचालन गरिएको हो । तालिमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले अहिलेको अवस्थमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको लाइसेन्स अनिवार्य भैसकेकोले यो तालिमबाट लाइसेन्स निकाली आफ्नै जिविकोपार्जनमा सहयोग पुग्ने बताए । यो तालिममा सहभागीहरुले स्वदेश तथा विदेशमा समेत रोजगारीको अवसर हुने अध्यक्ष खड्काले सुनाए ।
तालिम जय महाकाली प्रिटेस्ट एण्ड भेहिकल्स सर्भिस प्रा. लि. एकान्तकुना ललितपुरमा संचालन हुनेछ । कार्यक्रममा वडा कार्यसमितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares