सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: ०६ असोज २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले बढेर तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४८१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७७५ मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर