काठमाडौंको तिनकुनेमा लगाइयो कर्फ्यू
प्रकाशित:
१४ चैत २०८१
काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले यहाँ कर्फ्यू लगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार तिनकुनेमा कर्फ्यू लगाइएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाएको हो । राजावादी समूहले तिनकुनेमा घरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares