लगानीको सुनौलो अवसर ! एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: ०६ असोज २०८३
Image description

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज -असोज ७ गते) देखि एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड बिक्री खुला गरेको छ । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो । सो फण्डको इकाईका खरिदका लागि व्यक्तिगत र संस्थागत लगानीकर्ताले आजदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ। 

फण्डमा कसरी आवेदन दिने ? 

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर