नेपाल बीमक संघद्वारा नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई वधाई तथा शुभकामना व्यक्त
काठमाडौं । नेपाल बीमक संघको तर्फबाट अध्यक्ष लगायत आवद्व सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधि मण्डलले आज नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षज्यूको कार्यकक्षमा शिष्टाचार भेटघाट गरेको छ ।
उक्त अवसरमा संघको तर्फबाट अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँचमा अभिबृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शि र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो ।
साथै, नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुबीच आपसी समन्वय, सहकार्य र सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदान प्रदान गरिएको थियो ।
नेपाल बीमक संघ नवनियुक्त अध्यक्षको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाई हासिल गर्ने विश्वास व्यक्त नेपाल बीमक संघले गरेको छ ।
Shares