सडक विभाग भन्छ- कृष्णभिरमा ग्याबियन झरे पनि सडकमाथिको भाग सुरक्षित

अर्थकागज
प्रकाशित: ०८ असोज २०८३
Image description

काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडकको नदीतर्फ रहेको ग्याबियन केही तल झरेको जनाएको छ । तर हाल सञ्चालनमा रहेको सडक माथिको भिरालो भागमा कुनै समस्या नदेखिएको विभागले जनाएको छ ।

पानी परिरहेको र लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ । सडक विभागको आयोजना टोलीले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

यस्तै, कान्ति राजमार्गमा मुख्य समस्या नरहेको भए पनि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ । त्रिभुवन राजपथमा भने कुनै समस्या नरहेको र यातायात सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

बिपी राजमार्गको हालै काम सुरु भएको खण्डमा रहेको डाइभर्सनमा केही समस्या आएको छ। अन्य स्थानमा हालसम्म कुनै समस्या नदेखिएको विभागले जनाएको छ । बिपी राजमार्गमा पनि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ ।

सडक विभागले वर्षाका कारण सडक सञ्जालमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सबै प्रमुख सडकको नजिकबाट अनुगमन भइरहेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर