सिएनएनसहितका सञ्चार संस्थालाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश, ट्रम्पलाई झट्का

अर्थकागज
प्रकाशित: ०७ असोज २०८३
Image description

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । संघीय न्यायाधीश टिमोथी केलीले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउसमा पुनः प्रवेश दिन ट्रम्प प्रशासनलाई आदेश दिएपछि ट्रम्पलाई झट्का लागेको हो ।

तीन सञ्चारमाध्यमका पत्रकारमाथि ह्वाइट हाउस प्रवेशमा लगाइएको रोक असंवैधानिक हुन सक्ने प्रारम्भिक निष्कर्ष अदालतले निकालेको छ । ट्रम्प प्रशासनले सेप्टेम्बर १८ मा आफूलाई गलत र झुटा समाचार प्रकाशन गरेको आरोप लगाउँदै ती सञ्चारमाध्यमका पत्रकारको प्रवेश रोकेको थियो। उनीहरूको प्रेस परिचयपत्रसमेत निष्क्रिय गरिएको थियो ।

सञ्चारमाध्यमले अमेरिकी संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतमा न्याय विभागले ह्वाइट हाउस प्रवेश पत्रकारको असीमित अधिकार नभई विशेषाधिकार भएको दाबी गर्दै राष्ट्रिय सुरक्षासँग सम्बन्धित कारण देखाएको थियो । सञ्चारमाध्यमका तर्फबाट भने प्रतिबन्धको सुरुवाती कारण समाचार सामग्रीलाई बनाइएको र पछि राष्ट्रिय सुरक्षाको तर्क अघि सारिएको दाबी गरिएको थियो ।

अदालतको आदेशसँगै ट्रम्प प्रशासनले ती तीन सञ्चारमाध्यमका पत्रकारको ह्वाइट हाउस प्रवेश पुनःबहाल गर्नुपर्ने भएको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर