अपर हेवाखोला हाईड्रोपावरको बिशेष साधारणसभाबाट १०० प्रतिशत हकप्रद शेयर पारित
काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको बिशेष साधारणसभा आज काठमाडौंको अनामनगर स्थित युनियन हाउसमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष चिफ बहादुर थापाको अध्यक्षतामा सम्पन्न बिशेष साधारणसभाले १ः१ को अनुपातको हकप्रद शेयर निश्कासन प्रस्ताव पारित गरेका छ । त्यसै गरी सभाले हकप्रद शेयर जारी पश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्ध पत्रमा आवश्यक दफाहरु संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले चुक्ता पुँजी ५० करोडको १ः१ को अनुपातमा निश्कासन हकप्रद शेयरबाट जम्मा भएको रकममध्ये ३० करोड रुपैयाँ मातृभुमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । बाँकी रहेको २० करोड रुपैयाँ अपर हेवाखोला साना जलविद्युत अयोजना (८.५ मेगावाट ) क्षमताको निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares