सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
०२ असार २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९९० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares